गोली हानेर हत्या गरेको आरोपमा दुई पक्राउ
काठमाडाैं | पुस १९, २०७९
ढल्केवर: जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताउनुभयो ।
घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

